बेलडाँडी सुपर डान्सर भब्यताका साथ सम्पन्न, बिपना बनिन् सुपर डान्सर च्याम्पियन

बेलडाँडी: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा आयोजना भएको ‘बेलडाँडी सुपर डान्सर’ प्रतियोगिता २०८० भब्यताका साथ सम्पन्न संगै सुपर डान्सर च्याम्पियन बिपना कुवर बनेकी छिन् ।असोज १३ गते शनिबार देखि बेलडाँडीमा शुरू भएको बेलडाँडी सुपर डान्सरको च्याम्पियनका लागि आज कार्तिक २३ गते विहिवार टप–६ बीच प्रतिस्पर्धा भएको थियो । बेलडाँडी वडा न.२ बसपार्कमा भएको फाइनलमा कुवरले प्रथम उपाधी हात पार्न सफल भएकि हुन । त्यस्तै दोस्रो स्थानमा रामु सुनार र तृतिय आसिका पार्की भएकि आयोजकले जनाएको छ ।सुपर डान्सर टप –६ जनाले फाइनलमा आफ्नो उत्कृट प्रद्धर्शन गरेपछि अतिथि दिर्घाको भोटिङ र निर्णयक मण्डलको माक्सको आधारमा छनौट गरिएको बेलडाँडी सुपर डान्सर २०८० का प्रमुख जज् (निर्णायक) आरके कमल टमटाले बताउनु भयो। उनका अनुसार , सुपर डान्सरमा अडिसनमा १३४ जनाको सहभागिता रहेको थियो । जसमा १३४ जनामा प्रारम्भिक छनोटको अडिसन बाट ५८ जना छनोट भएका थिए । ५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट भए, जसमा उनिहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए । असोज २० गते सनिवार मेगा अडिसन बाट सुपर १२ मा छनोट भए ।असोज २७ गते सनिवार टप १२ बाट सिधै आफ्नो टप –६ मा आसिका पार्की, बिपना कुवर ,बिनिता बि.क , रामु सुनार, अस्मिता राना र रितु पार्कीले फाइनलको यात्रा पक्का गरेका थिए । आज सुपर डान्सर प्रतियोगिताको ग्रान्ड फिनाली (फाइनल ) मा कुवर उत्कृष्ट बन्न सफल भएकी हुन ।विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको सञ्चालक आर के कमल टमटाले बताउदै बिजेता उपविजेता लगायत सम्पुर्णमा बधाई दिदै आगामी दिनमा प्रगतिको कामना गर्नु भयो । उनले भने, नृत्य प्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको हो।बेलडाँडी गाउँपालिका पुरै तथा बेलौरी नगरपालिकाका ८,९ र १० नम्बर वडाका युवाहरूको सहभागिता रहेका थिए ।
फाइनल कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले भने यस्ता कार्यक्रमले युवाभाइबहिनीहरुमा सकारात्मक प्रतिस्पर्धा हुने बताउनु भयो । यस्ता कार्यक्रमले मनोरञ्जनका साथै स्वास्थ्यका हिवासले समेत फाइदा हुने बताउनु भयो ।समापन कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना रहनु भएको थियो। उक्त कार्यक्रममा अन्य जनप्रतिनिधी, समाजसेवी, बुद्धिजीवि, कार्यक्रम सम्पन्न गर्न सहयोगीदाताहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पत्रकार लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।सुपर डान्सर प्रतियोगिताममा शुरुदेखिनै आरके कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र रानाले मूल्याङ्कनकर्ता (जज) को भूमिका निर्वाह गरेका थिए ।

ताजा समाचार