भूकम्प पीडितलाई नेकपा महाकाली ब्युरोबाट २० हजार सहित ५ लाखको सामान सहयोग

कञ्चनपुर : जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरो समितिले राहत सामग्री पठाएको छ । नेकपाले सहयोगीदाताबाट कञ्चनपुर सहित विभिन्न जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी ले बताए ।

राहत सामग्रीमा लत्ता-कपडा, ब्लाङ्केट, खाद्यान्न , भाँडाकुँडा सहित नगद रकम पठाइएको उनले बताए । नेता समरका अनुसार करिब ५ लाख बराबरको सामान र नगद २० हजार रकम पठाइएको छ । उक्त राहत सामग्री नेकपा महासचिव विप्लवले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगद सहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।

ताजा समाचार