दोधारा । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरको सहयोग र सहकार्यमा आज बसेको दोधारा चाँदनी नगरपालिका अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको एक बैठकले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी बिविध जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको माईती नेपाल कञ्चनपुका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

बैठकमा लागुऔषध नियन्त्रण तथा ओसार पसार नियन्त्रण र मानव बेचबिखन ओसार पसार नियन्त्रण सम्बन्धी जनचेतना अभिबृद्धी गर्न सरोकारवाला संग समन्वय गरि नगरपालिका क्षेत्रमा रहेका माध्यमिक बिद्यालयहरुमा माबि स्तरिय जनचेनामुलक कार्यक्रम गर्ने निर्णय समेत भएको संयोजक भट्टले बताएका छन् ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको स्थानियहरुले बताएका छन् ।
