नेपाल बैंक लिमिटेड र सितल हस्पिटलबीच ग्राहक छुट सम्झौता

कञ्चनपुर : नेपाल बैंक लिमिटेड र सितल हस्पिटल प्रा लि विच ग्राहक योजना सम्झौता भएको छ । बिहीबार बैंक र सितल हस्पिटल प्रा लि विच ग्राहक छुट सम्झौता गरिएको हो । कञ्चनपुरको पहिलो निजी हस्पिटलको रुपमा रहेको सितल हस्पिटलले विरामीहरुको अरु अस्पताल भन्दा सुपथ मुल्यमा उपचार गराई रहेको प्रबन्ध निर्देशक रबिन्द्र कुँवरले बताए । ‘ हामीले उपचारको लागि आउने विरामीहरुको लागि निकै कम मुल्यमा उपचार गर्ने गरेका छौं हाम्रो पैसा कमाउने भन्दा पनि सेवाभावले अस्पतालमा विरामी सँग व्यवहार गरेका छौं ।’

नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रबन्धक महेशराज जोशी र सितल हस्पिटल प्रा लि का निर्देशक रबिन्द्र कुँवरले ग्राहक छुट बारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । ‘नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकले बिरामी चेकजाँच गर्दा १० प्रतिशत छुट पाउने भएका छन, ‘बैकका शाखा प्रबन्धक जोशीले अब सम्झौता भए अनुसार कर्मचारीले परिचय पत्र र ग्राहकले नेपाल बैंक लिमिटेड को मोबाईल बैंकिङ्ग, चेक सहितका बैंकको ग्राहक भएको परिचय खुल्ने प्रमाण पेश गर्नुपर्ने छ ।’ सितल हस्पिटल प्रा लि का निर्देशक कुँवरले नेपाल बैंक लिमिटेड संग सम्झौता भए अनुरुप छुट दिने बताए ।

नेपाल बैंक लिमिटेड शाखाले आफ्ना ग्राहकहरलाई विभिन्न योजना बाट सेवा दिदै आइरहेको छ । वि.स. १९९४ कार्तिक ३० गते बाट सञ्चालनमा आएको नेपाल लिमिटेड बैंकले आफ्नो ८७ औं वार्षिक दिवश मनाउने क्रममा छ । नेपालको सबै भन्दा पुरानो बैंक रहेको नेपाल बैंक लिमिटेडले अहिले आएर अरु बैंक भन्दा आर्कषक र छिटो छरितो सेवा दिदैं आईरहेको शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक महेश राज जोशीले बताए ।

ताजा समाचार