दोधारा चाँदनीको एक सहकारीबाट झण्डै पाँच लाख नगद चोरी, अनुसन्धानको लागी प्रहरीमा निबेदन

दोधारा । दोधारा चाँदनी नगरपालिकाको मुटुमा रहेको एक सहकारीबाट ताला तोडेर नगद रकम चोरि भएको छ् । दोधारा चाँदनी नगरपालिका– २ स्थित चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट गएराती ताला तोडेर रु. ५ लाख ५१ हजार ७ सय १४ रुपिँया चोरी भएको कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका अध्यक्ष चन्दन सिंह थापा मगरले जानकारी दिएका छन् ।

मध्यरातमा रकम चोरी भएको हुनसक्ने बताईएको छ् । भारतिय रुपिँया बैंकमा जम्मा गर्न नमिल्ने भएकोले सहकारीमा राखिएको थियो । चोरहरुले भारतिय रुपिँया चोरर लगेको कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्दन सिंह थापा मगरले बताएका छन् ।

यस अघि चाँदनी बजार क्षेत्रमा एक रातमा ७ वटा चोरी भएको थियो ।

ताजा समाचार