रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर : किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारी मार्फत किसानलाई रासायनिक मल उपलव्ध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्टयाएको छ ।

नगरपालिकामा दर्ताभै रासायनिक मलको कारोवार गर्ने सहकारीलाई व्यवस्थीत तरिकाले किसान सम्म मल पुरयाउनका लागि कोेटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो । नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोवार गर्दै आएका छन । “सहकारीमा आवद्ध सदस्य र किसानको सङख्यालाई ध्यानमा राख्दै कोटा निर्धारणा गरेका छौं” कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले भन्नु भयो, “थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।”

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकमा एक सय ५४ बोरा सम्म पाउने गरी कोटा निर्धारण गरिएको उहाँको भनाई रहेको छ । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरणको कार्य गर्दै आएपनि केही सहकारीका सञ्चालकहरुले आवद्ध सदस्यहरुलाई  मात्रै रासायनिक मल उपलव्ध गराउदा सहकारीमा आवद्ध नभएका किसानले मल नपाउने गरेको गुनासो समेत रहेको छ । नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिए भन्दा बढी रासयनिक मल डिएपीको खपत हुने गरेको छ । झण्डै नगरपालिका क्षेत्रका किसानले प्रति वर्ष रासायनिक मल डिएपीको १३ हजार मेट्रिक टनको माग गर्दै आएका छन । कोटाको थोरै मात्रै मल आउदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन ।

ताजा समाचार