झलारी : शुक्लाफाँटा नगरपालिकामा बुधवार फोहरमैला थ्रि आर सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । क्षेत्रीय सहरी विकास आयोजना र नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिममा घरेलु, औद्योगीक,रसायनिक, स्वास्थ्य, हानिकारक, रछाने, मलखाद, कवाडी, प्लाष्टिक, सिसाजन्य फोहरमैला सम्बन्धी सहभागीरुलाई जानकारी गराईएको थियो ।
फोहरमैला निष्कने श्रोतहरु, फोहरमैलाले पुरयाउने असरहरु, फोहरमैलाको सहि व्यवस्थापन नहुदा पुरयाउने हानी बारे तालिमका प्रशिक्षक वातावरण विद् दिनेशचन्द्र जोशीले जानकारी दिनु भयो । तालिममा फोहरमैलाको व्यवस्थापन र न्यूनिकरणका उपायबारे सहभागीहरुलाई प्रशिक्षक जोशीले जानकारी दिनु हुदै फोहर मैलाको पुनः प्रयोगबारे बताउनु भएको थियो । तालिमको सहजीकरण नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णप्रसाद भट्टले गर्नु भएको थियो । तालिममा नगरपालिकाको सम्बन्धीत शाखाका कर्मचारी, फोहरमैला युनिटमा कार्यरत कर्मचारी, सहरी क्षेत्रका विद्यालयका विज्ञान तथा वातावरण सम्बन्धी अध्यापन गराउने शिक्षकहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।