ट्राफिक प्रहरी कञ्चनपुरद्धारा सचेतना मुलक होर्डिङ बोर्ड स्थापना,जेब्रा क्रसिङ निर्माण

कञ्चनपुर: जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सचेतना मुलक होर्डिङ बोर्ड, जेब्रा क्रसिङ निर्माण गरेको छ । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको तेस्रो दिनमा बुधवार महेन्द्रनगर बजारका बिभिन्न क्षेत्रहरुमा सचेतना मुलक होर्डिङ बोर्ड स्थापना र सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको तेस्रो दिनमा दुर्घटना न्युनिकरण गर्न कम गर्न आवस्यक पर्ने सचेतना मुलक होर्डिङ बोर्डहरु सडक क्रस गर्दा चाहिने जेब्रा क्रसको निर्माण गरिएको बताए । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मा बिभिन्न संघसंस्थाहरुको सहयोग रहेको हुँदा कार्य गर्न सहज भएको उनले बताए ।

ट्राफिक नियमले आफुलाई बाध्नको होईन, सुरक्षित बनाउनका लागी हो त्यसैले सबैले ट्राफिक नियमको उचित रुपमा पालना गरिदिने हो भने सडक प्रयोग गर्ने सबै सुरक्षित रहने उनले बताए । तिव्र गतीमा सवारी साधन नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नहाक्ने, आफनै लेनमा हिँडने, ट्राफिक नियमको पालना गर्ने लगायतका जनचेतना मुलक भनाई लेखिएका होर्डिङ बोर्डहरु राखिएका छन् । दोस्रो दिनमा सवारी चालक, अटो चालकहलाई ट्राफिक नियम, कसरी दुर्घटना न्युनिकरण गर्न सकिन्छ, लगायतको विषयमा प्रशिक्षण दिईएको र बुधवार सडकमा ट्राफिक सचेतनासहितका बोर्डहरु राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाउने काम सम्पन्न भएको उनले बताए । उनले बिहिवार यातायात कार्यालयसंग समन्वय गरी सवारीसाधनको यान्त्रीक परिक्षण गर्ने, लामो तथा छोटो दुरीका चालकहरुको स्वास्थ्य परिक्षण गर्ने, पर्चा पम्पलेट माईकिङ आदी कार्य सप्ताहव्यापी गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर प्रमुख विकले जानकारी दिए ।

ताजा समाचार