सशस्त्र प्रहरीद्वारा अवैध समान सहित लागु औषधका तस्कर पक्राउ

कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरमा अवैध समान सहित लागु औषधका तस्कर पक्राउ गरेको छ । मंगलबार सशस्त्र प्रहरीले भीमदत्त नगरपालिका ११ गड्डाचौकी क्षेत्रबाट झण्डै ५० हजारको भन्सार चोरी छलीको अवैध समान बरामद गरेको हो ।

यस्तै सशस्त्र प्रहरीले बेदकोट नगरपालिका ६का दुई युवकलाई समेत पक्राउ परेको छ । लागु औषध तस्करी गरिरहेका बेदकोट ६का चर्कसिह घटाल र डिल्लीराज भाटलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणले जनाएको छ । उनीहरुको साथबाट २ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

ताजा समाचार