दोधारा । दोधारा चाँदनी नगरपालिकाले भोली बडुवाल टोलका हात्तीपिडितहरुलाई खाद्यान्न बितरण गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा यस वर्ष बिगत तिन महिना देखि जंगली हात्तीले स्थानियहरुको अन्नवाली संग घर भत्काउन थालेपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले अन्नवाली क्षती भए अनुसार खाद्यान्न बितरण गर्न थालेको स्थानियहरुले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य राधा सुनारका अनुसार भोली हात्तीले अन्नवाली क्षती गरेका बडुवाल टोलका ८३ घरपरिवारलाई खाद्यान्न बितरण गर्न लागिएको बताएका छन् । ७ कट्टा भन्दा धेरै धान, मकै जंगली हात्तीले क्षती गरेकाहरुलाई ५० केजी चामल र सो भन्दा कम क्षती गरेकाहरुलाई २५ केजी चामल भोली बितरण गर्ने तयारी भईरहेको वडा सदस्य सुनारले बताएका छन् ।
बिगत ला्मो समय देखि बस्तीमा जंगली हात्तीले मानविय क्षती गर्ने, धनमालको नोक्सानी गर्दै पनि आएपनि नेपाल सरकारले हात्ती नियन्त्रण गर्न नेपाल सरकारले दिर्घकालिन ब्यवस्था नगरेको स्थानियहरुको गुनासो रहदै आएको छ् ।