मेचीदेखि शुरु गरिएको साईकल यात्रा महाकाली पुगेर समापन

कञ्चनपुर : पुर्वमेचीदेखि शुरु गरिएको साईकल यात्रा पश्चिम महाकाली पुगेर समापन गरिएको छ । ११ कार्तिक मेचीपुलदेखि शुरु गरिएको साईकाल यात्रा पश्चिम महाकालीपुल पुगेर समापन गरिएको हो । हेटौँडाका स्थानीय युवाहरुले मेची महाकाली साईकल यात्रा शुरु गरेका थिए ।

११ औँ दिन कञ्चनपुर पुगेर समापन गरेका थिए । कञ्चनपुरको सीमावर्ती भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमा पिलर हुँदै निर्माणाधिन महाकाली पुल पुगेर समापन गरेका थिए । साईकल यात्री चेतनाथ आचार्यले पर्याबरणको सरक्षण, नेपालको पर्यटन विकासका लागि साईकल यात्रा गरिएको बताए ।

उनले सबैले आ–आफ्नै खर्चमा यात्रा गरेको बताए । ‘यात्राका दौरानामा हामीले नेपाल चिन्ने अवसर पनि पाए,‘उनले भने, ‘पुर्वदेखि पश्चिम महाकालीसम्मकै नेपाल र नेपालीसंग प्रत्यक्ष भेटघाट भयो ।’ उक्त साईकल यात्रामा १३ जना सहभागि भएका थिए ।

ताजा समाचार