सरस्वती माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी सिंह

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका को सरस्वती माध्यामिक विद्यालय झरना सागरको व्यवस्थापन समितिको अध्यक्षमा दीर्घ बहादुर सिह चयन भएका छन ।बेलडाँडी गाँउपालिका वडा नं. १ झरनासागरमा रहेको सरस्वती माध्यामिक विद्यालय को व्यवस्थापन समितिको अध्यक्ष सिंह सर्वसम्मत चयन भएका हुन ।

सोमबार एक कार्यक्रमका बीच विद्यालयमा भएको अभिभावक भेलाबाट छानिएका बहुमत सदस्यले सिंहलाई सर्मथन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएको विद्यालयले जनाएको छ ।

सिह विद्यालय व्यवस्थापन समितिको ९औँ कार्यकालका अध्यक्ष हुन । सदस्यमा राजेन्द्र सिह राना, निर्मला नाथ, महेश्वरी नेपाली, चेत बहादुर शाह सहितका सदस्य रहेका छन । कार्यसमितिले यो संगै पुर्णता समेत पाएको छ।खेलप्रेमी ,समाजसेवी हुँदै शिक्षा क्षेत्रको यात्रा व्यवस्थापनको बाटो मेरा लागि भने नयाँ रहेको छ, विद्यालयको वृद्धि बिकासमा सधै अग्रसर रहने र प्रविधि शिक्षा लाई अगाडि बढाउनका लागि पहल कदमी संगै पहल गर्ने छु, अध्यक्ष सिंहले भने। उनले सम्पुर्ण सहयोगी , अभिभावकहरु लाई धन्यवाद समेत दिएका छन् ।

बिगत लामो समय देखि समाजमा हुने सामाजिक समस्यामा हातेमालो गर्दै समाजसेवीमा होमिएका सिंह बेलडाँडीमा रहेको अल स्टार युवा क्लबका सल्लाहकार संयोजक समेत हुन। उनि खेलकुद प्रेमी, समाजसेवी, युवा ब्यबसायका रुपमा परिचीत रहेका छन् । बेलडाँडी क्षेत्रको अग्रणी शैक्षिक संघसंस्थाका रुपमा परिचित सरस्वती माध्यमिक विद्यालय झरनासागर सामुदायिक विद्यालय हो।

ताजा समाचार