बडुवाल टोलमा दलित आयोगका सदस्य सोव, हात्ती आतंक रोक्न जनप्रतिनिधी संग छलफल

दोधारा । राष्ट्रिय दलित आयोगका सदस्य मिना देवी सोबले राजनीतिक दलका नेता र अधिकारकर्मी सहित दोधारा चाँदनीको हात्ती पीडित बडुवाल टोलमा पुगेर स्थानीयसित भेटघाट गरी क्षतिको जानकारी लिएकी छन् । उनले दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधि सित छलफल गरेपछि बडुवाल टोल पुगेर स्थानीयसित भेटघाट गरी हात्तीका कारण स्थानीयले भोग्दै आएको सास्ती बारे जानकारी लिएकी छन् । भारतको उधम सिंह नगर जिल्लाको खटिमा मेलाघाट क्षेत्र सित जोडिएको बडुवाल टोलमा हात्तीले बर्सेनी आतंक मच्चाउदै आएको छ् । यस वर्ष तीन महिना देखि हात्तीले आतकं मच्चाउदै आएको स्थानीय बताउछन् ।

आयोगका सदस्य सोव संग नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप–सचिव नर बहादुर विश्वकर्मा, गैर सरकारी संस्था महासंघका नरेश सिलाल सहित दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि समेत सहभागी भएका छन् । एमाले नेता विश्वकर्माले आयोगका सदस्य सोव सित कुराकानी गरी स्थलगत निरीक्षण गराएका छन् । एमाले प्रदेश कमिटी उप–सचिव विकले दोधारा चाँदनीका नगर प्रमुख समेतका जनप्रतिनिधि संग छलफलमा स्थानीयको धनजनको सुरक्षालाई मध्यनजर गरी छिटो भन्दा छिटो नेपाल भारत सीमा निर्धारण समन्वय समिति संग पहल गरी जंगली हात्ती प्रभावित क्षेत्रमा कम्तीमा २ किलोमिटर सिमाना जमिनमा तारबार लगाउनु पर्ने निष्कर्ष निकालिएको बताए ।

टोली सित स्थानिय चम्फा सार्की र स्थानीय वासिन्दा समेत रहेका नगर कार्यपलिका सदस्य लक्ष्मी थापा मगर, वडा सदस्य राधा सुनार लगाएतले चिसो मौसममा घर भत्काएपछि बालबालिकाका लुगाकपडा र खाद्यान्न सबै नष्ट भए र अहिले अर्काको घरमा आश्रय लिएर बसि रहेको बताए ।

उनीहरुले राती राति १२/१३ वटा हात्तीको बथान आउने गरेकोले रात दिन त्रासमा बस्नु परेको उनीहरु बताउछन् ।

ताजा समाचार