हुलाकी सडक निर्माण अलपत्र परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा सरकारलाई खवरदारी गर्न पैदल यात्रा अभियान चलाउदै

केशव थापा /बेलडाँडी : हुलाकी सडक निर्माण अलपत्र परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरद्धारा सरकारलाई खवरदारी गर्न दैजी देखि डोकेबजार सम्मको पैदल यात्रा अभियान तय गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, बेलडाँडीको यहि मिति २०८०–०७–१७ गते बसेको बैठकको निर्णय अनुसार दैजी– –बेलडाँडी– बेलौरी–पुनर्वास–डोकेबजार सम्म अलपत्र रहेको ६४ कि.मि हुलाकी सडक खण्डको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न सरकारलाई खबरदारी स्वरुप यहि मिति २०८०कार्तिक २२ गते बिहान ७ः३० बजे दैजी देखि डोकेबजार सम्मको पैदल यात्रा आयोजना गरेको छ ।

राष्टिुरय स्वतन्त्र पार्टीका युवा नेता जनक सिंह धामीको संयोजकत्वमा आखा चिम्लेर सुतेको सरकारलाई विउझाउन अलपत्र हुलाकी सडकमा पैदल यात्रा गरि सरकारलाई बिउझाउने अभियान चलाउने अभियानका संयोजक जनक सिंह धामीले जानकारी गराउनु भयो । उहाँका अनुसार हुलाकी सडकका कारण बेलडाँडी, बेलौरी पुनर्वास लगायत कञ्चनपुरको दक्षिणी क्षेत्रमा यात्रा गर्ने यात्रुले अनावश्यक दुख खेप्नु परेकाले यथा सिघ्र सडक निर्माण होस भन्ने दवावका लागि रचनात्मक दवाव दिन थालेको बताए ।

सडक बनेन भनेर सडक जाम गर्ने, टायर बाल्ने, निर्माण कम्नीका स्रोत साधनमा तोडफोट गर्नु भन्दा रचनात्मक तरिकाले समेत खवरदारी गर्न सकिने संयोजक धामीले बताउनु भयो । सडक नबन्दा हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मेको समस्या यहाँका स्थानीयले भोग्नु परेको समस्यामा सरकार निर्माण कम्पनीले गम्भिर रुपमा लई समस्या समाधान तिर लाग्नु पर्नेमा वहाँले जोड दिए । उक्त पैदल यात्रमा जोडिन सर्वधारण सबैमा अनुरोध गरिएको छ । लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेका कारण यहाँका जनाताले दुःख पाएका छन् ।

ताजा समाचार