भीमदत्त नगरपालिका १८ मा रहेको ईकोपार्कमा सरसफाई कार्यक्रम गरिने

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको ईकोपार्कमा सरसफाई कार्यक्रम गरिने भएको छ । भीमदत्त नगरपालिकाले डस्टवीन नराखे पछि पार्कमा फोहर बढदै गएको हो । बिहानको समयमा उक्त पार्कमा मर्निङ वाकमा आउँनेहरुको भिड लाग्ने गर्दछ । आफनो स्वास्थ्यलाई स्वस्थ बनाउँन पार्कमा आउने स्थानियले पार्कमा फोहर र दुर्गन्धीत भएको गुनाशो गरेका छन् । आफनो परिवार सहित ईको पार्कमा आएका भीमदत्त नगरपालिका ४ का स्थानिय बिरेन्द्र भट्टले पार्कमा बस्नका लागी आउँनेहरुलाई फोहरले सताउँने गरेको बताए ।

पार्कलाई सफा र स्वच्छ राख्ने सबैको दायित्व भएको उनले बताए । यता भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले ईको पार्कलाई सप्ताहव्यापी कार्यक्रम गरेर सरसफाई गरिने बताए । उनले प्रकृतीले पनि शान्त हरियाली रुखहरु भएको यो पार्कलाई व्यवस्थीत गरेर सरसफाई गरी सौन्दर्यता बढाईने बताए ।

उक्त पार्कमा पहिलो चरणमा केही डस्टवीनको व्यवस्था गरी फोहरलाई व्यवस्थीत गरिने र शनिवारदेखी उक्त पार्कमा सरसफाई अभियान नै संचालन गरिने वडा अध्यक्ष देवकोटाले बताए । पार्क समिती, स्थानियहरुको सहयोगमा सरसफाई कार्यक्रम गरिने उनले बताए । र्ईको पार्कमा पर्खाल, फुटपाथ, ओपन जिम लगायतका विभिन्न संरचनाहरु निर्माण भएका छन् ।

ताजा समाचार