सरस्वती मावि झर्नासागरको अध्यक्षमा सिह

केशव थापा/कार्तिक : कञ्चनपुरको सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दीर्घ बहादुर सिह चयन भएका छन । बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिह चयन भएका हुन । सोमबार विद्यालयमा भएको अभिभावकबाट छानिएका बहुमत सदस्यले सिहलाई सर्मथन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएको विद्यालयले जनाएको छ ।

सिह विद्यालय व्यवस्थापन समितिको ९औँ कार्यकालका अध्यक्ष हुन । सदस्यमा राजेन्द्र सिह राना, निर्मला नाथ, महेश्वरी नेपाली, चेत बहादुर शाह सहितका सदस्य रहेका छन । समितिमा वडा प्रतिनिधीबाट वडाध्यक्ष स्वयम गज बहादुर विष्ट र सदस्य सचिवमा प्रअ विष्णूसिह भण्डारी रहेका छन । बेलडाँडी गाँउपालिकाकै शिर्ष स्थानमा रहेको सरस्वती माध्यामिक विद्यालयको बृद्धि विकासका लागि भूमिका निर्वाह गर्ने नव अध्यक्ष दिर्घ बहादुर सिहले बताए । अध्यक्ष सिहले विद्यालयको बृद्धि विकास गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीका आकर्षणका कार्यक्रम संचालन गरिने बताए ।

‘मलाई जसरी समाज र अभिभावकले विश्वास गरेर जिम्मेबारी दिएको छ, त्यसरी नै निर्वाह गर्दछु, ‘उनले भने, ‘अभिभावकको विश्वास अन्ुरुप विद्यालयको बृद्धि विकासमा खटछु ।’ ०४८ सालमा स्थापना भएको सरस्वती मावि झर्नाखोलाको विपद्को जोखिममा रहेको छ । विद्यालयको उत्तर र दक्षिणमा झर्नाखोलाको कटानीले जोखिममा पारेको सो तर्फ समेत ध्यान केन्द्रीत गर्ने समितिका अध्यक्ष सिहले जनाएका छन ।

ताजा समाचार