पाचौं निसर्ग सुदूरपश्चिम प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगीता भब्यताका साथ सम्पन्न , महिला र भेट्रान पुरुष मनकामना र युवा तर्फ पुलिस च्याम्पियन

कञ्चनपुर: पाचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० भब्यताका साथ सम्पन्न भएको भएको छ।मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा कार्तिक १२ देखि १९ गते सम्म सञ्चालनमा रहेको ५ औँ निसर्ग प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को महिला र पुरुष भेट्रान फुटबल तर्फ मनकामना र युवा पुरुष तर्फ सुदूरपश्चिम प्रदेश पुलिस क्लब च्याम्पियन बनेको छ।आइतबार भएको फाइनल खेल भेट्रान तर्फ मनकामना युवा क्लब र कैलारी गाउँपालिका बिच भएको रोमाञ्चक खेलमा मनकामना युवा क्लबले २-१ गोलको अन्तरले हराउदै उपाधी जितेको छ।भेट्रान पुरुष तर्फ विजेता टिमले ७१ हजार ट्रफी प्रमाणपत्र मेडल र उपविजेता टिमले ३५ हजार नगद राशी ट्रफी प्रमाणपत्र मेडल, पुरुष युवा तर्फ सुदूरपश्चिम प्रदेश पुलिस क्लब र ग्रीन युवा क्लब बीच भएको फाइनल खेलमा ४-१ गोल अन्तरले ग्रीन युवा क्लब लाई हराउदै पुलिस च्याम्पियन बनेको हो। पुलिसले १ लाख ११ हजार १सय ११ नगद ट्रफी प्रमाणपत्र मेडल र उपविजेता टिम ग्रीन युवा क्लबले ५० हजार नगद राशी ट्रफी प्रमाणपत्र मेड्ल पुरस्कार पाएको मनकामना युवा क्लबका पुर्व अध्यक्ष डबल बहादुर थापाले बताउनु भयो।उनका अनुसार , महिला तर्फको फाइनल खेल कार्तिक १५ गते भएको थियो । मनकामना युवा क्लब र मसुरिया फुटबल एकेडेमी बिच फाइनल भिडन्तमा निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेल्दा खेलमा इन्जुरी ३ मिनेटको समय थप गरेको थियो। उक्त थप समयमा मनकामनाले १-० गोलले मसुरिया लाई हराउदै उपाधी रक्षा गरेको हो ।विजेता टिम मनकामनाले महिला तर्फ च्याम्पियन हुँदै ५० हजार धनराशि पुरस्कार जित्न सफल भएको छ। भने उपविजेता मसुरिया एकेडेमीले २५ हजार नगदसहित प्रमाणपत्र पाउने छन् ।हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। भेट्रान तर्फ ७ ओटा भेट्रान पुरुष टिम रहेका छन्। भने महिला फुटबल टिममा ५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।समापन कार्यक्रमका सभापति मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेय, प्रमुख अतिथि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीका अध्यक्ष तिर्थ राज पन्त लगायत विशिष्ट व्यक्तित्व खेलाडी , खेलप्रेमिको उपस्थितिमा कार्यक्रम सञ्चालन दिनेश खत्रीले गर्नु भएको थियो।

निसर्ग पाँचौ बृहत प्रदेश क्लब स्तरिय महिला/पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०८० सञ्चालनका लागि प्रबर्द्धनको भुमिकामा रहनु भएको अखिल नेपाल फूटबल संघ, सुदुर पश्चिम् प्रदेश खेलकुद परिषद , धनगढी उपमहानगरपालिका ,वार्ड न १२ को कर्यालय,कैलाली जिल्ला फूटबल संघ,सु प प्रदेश फूटबल संघ र मुख्य प्रयोजक को भुमिका निर्वाह गर्नुहुने निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर त्यसैगरी यस प्रतियोगितामा प्रायोजन रहनु हुने सम्पुर्ण, सहभागीता जनाउने टिम लाई मनकामना युवा क्लबले हृदय देखि नै धेरै धेरै धन्यवाद समेत दिएको छ।

ताजा समाचार