कञ्चनपुरमा वडा स्तरिय मौलिक लोक नृत्य प्रतियोगितामा भीमदत्त ८ प्रथम

कञ्चनपुर: कञ्चनपुरमा आयोजना गरिएको वडा स्तरिय मौलिक लोक नृत्य प्रतियोगितामा भीमदत्त नगरपालिका वडा नम्वर ८ प्रथम भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सौजन्यमा भएको कार्यक्रममा ९ वटा टिमले भाग लिएका थिए । प्रथम हुनेमा भीमदत्त नगरपालिका रहेको छ भने उसले नगद १० हजार प्रमाणपत्र र ट्रफी हात पारेको छ भने, द्धितियमा भीमदत्त नगरपालिका १८ भएको उसले नगद ५ हजार प्रमाणपत्र ट्रफी हात पारेको छ । यसैगरी तृतिय हुनेमा भीमदत्त नगरपालिका १ रहेको उसले नगद ३ हजार प्रमाणपत्र ट्रफी पाएको छ भने सान्त्वना हुनेमा भीमदत्त नगरपालिका १५ रहेको छ उसले नगद २ हजार प्रमाणपत्र पाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका प्रथम उपाध्यक्ष सरस्वती जिसीले जानकारी दिईन् ।

आफनो मौलिकपन, कला संस्कृती, भेषभुषाको जेगर्ना गर्न र आफनो मौलिकपनलाई देखाउनका लागी यस्ता कार्यक्रमको आयोजना गर्नमा स्थानिय सरकार प्रदेश सरकारले पनि चासो दिएर सहयोग गरिनु पर्ने भीमदत्त नगरपालिकाका १५ का वडा सदस्य हरीप्रशाद भट्टले बताए । यस्तै, कार्यक्रमका अध्यक्ष एवम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखा जिल्ला अध्यक्ष लालबहादुर धामी अछामी बड्डाले पछिल्लो समयमा सुदूरपश्चिममा रहेका मौलिकपन बोकेका नृत्य, चैत, फाग, धुमारी देउडा, हुडके लगायतका संस्कृतीहरु लोप हुने अवस्थामा रहेको बेलामा तिनीहरुको जेगर्ना गर्न र नयाँ पुस्तालाई यसको जानकारी प्रदान गर्न आजको कार्यक्रमको आयोजना गरिएको बताए । अहिले सबै डिजे बाजोमा नाच्ने रमाउने अवस्थामा हामीले आफनो भेषभुषा, रहनसहन, कला संस्कृतीलाई बचाई राख्न र पूस्ता हस्तान्तरण गर्न पनि यस्ता कार्यक्रमको आयोजना आझँै आवस्यक रहेको अध्यक्ष धामीले बताए । कार्यक्रमका प्रमुख अतिथी एवम सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले कला संस्कृती, मौलिकपन बोकेका हाम्रा नृत्य भेषभुषालाई जेगर्ना गर्ने खालका कार्यक्रममा आफुले गर्ने सहयोगका लागी सदैव तयार रहेको बताए ।

अहिले यस्ता नृत्यहरु हेरेर, नै अब आउँने नयाँ पूस्ताले पनि सिकेर आफुमा लागु गर्न सक्ने बताए । पछिल्लो समयमा बिभिन्न मेला महोत्सवहरुमा सुदूरपश्चिमका लोक संस्कृतीले राम्रो बजार पाएपनि सोचे जस्तो अपेक्षाकृत नभएकाने बताए । बिशिष्ट अतिथीमा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सचिव नविन सिंह धामीले यस्ता कार्यक्रमको पनि जेगर्ना गर्नुपर्ने अवस्था आउको बताए । सरकारले आफनै मौलिकपनलाई जेगर्ना गर्न आवस्यक नठानेको बेलामा आफु जस्तै अन्य कालाकारहरुले गरेको जमर्काेमा सरकारले पनि हातेमालो गरेर बिभिन्न समयमा यस्ता कार्यक्रमको अयोाजनामा ध्यान दिन उनले सरकारलाई आग्रह गरे ।

ताजा समाचार