प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना काेष स्थापना गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे माग

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठनले जाजरकोट भूकम्पबाट पीडित भएका नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाकाे व्यवस्था मिलाउन माग गरेकाे छ । संगठनका अध्यक्ष अम्बादत्त भट्टले शनिबार विज्ञप्ति जारी भूकम्पबाट भएकाे जनधनकाे क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिकाे जटिल अवस्थामा घाइतेकाे उपचार तथा घरवारविहीन जनतालाई  गाँसबाससहित राहतकाे व्यवस्था तथा पुनर्स्थापना यथाशिघ्र गर्न सरकारसँग माग गरेका हुन् ।

संगठनले अहिलेकाे राष्ट्रिय विपत्तिकाे सामना गर्न तथा भूकम्प प्रभावित जनतालाई राहत तथा पुनर्स्थापना गर्न `प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना काेष´ स्थापना गर्न पनि माग गरेकाे छ ।

`काेष स्थापना गरि सम्पूर्ण संघ संस्था तथा आम नेपाली जनतासमेतकाे सहभागितामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गर्न पनि सरकारसँग जाेडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएकाे छ । साथै आम नेपाली जनतालाई राष्ट्रिय शाेककाे विषम परिस्थिमा एकतावद्ध भइ राहत तथा पुनर्स्थापना कार्यमा सहभागी हुन अपिल गरिएकाे छ ।

संगठनले कर्णाली प्रदेश र लुम्विनी प्रदेशअन्तर्गतका आफ्ना सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुलाई सम्बन्धित सरकारी निकायकाे समन्वयमा राहत तथा उद्धार कार्यमा खट्न निर्देशनसमेत दिएकाे छ ।

ताजा समाचार