बेलडाँडीमा खुला भलिबल प्रतियोगिता हुने

केशव थापा/कार्तिक : कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा खुला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रगति एकता समाजको आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । शुभदिपावलीको अवसरमा बेलडाँडी गाँउपालिका १झिलमिला बस्तीमा रहेको प्रगति एकता समाजले २५ कार्तिकदेखि प्रतियोगिता आयोजना गरेको छ ।

प्रगति एकता समाजका अध्यक्ष शंकर दत्त भट्टले खेलकुद क्षेत्रको बृद्धिविकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।अध्यक्ष भट्टका अनुसार प्रतियोगिताका विजेता टिमलाई ५१ हजार, उपविजेता टिमलाई २५हजार एकसय नगद सहित ट्रफि मेडल प्रदान गरिने छ ।

बेलडाँडी १ सिद्धचोक स्थित सिद्धनाथ आधारभुत विद्यालयको प्राङणमा हुनेछ । टिम दर्ता शुल्क २ हजार ९सय ९९ तोकिएको छ । टिम सहभागिताका लागि जिल्लाका विभिन्न क्लबहरुलाई आमन्त्रण गरिएको छ । विगतका बर्षहरुमा समेत सिद्धचोकमा भलिबल प्रतियोगिता हुँदै आएको थियो ।

ताजा समाचार