बेलडाँडी रामलीलाको उच्च स्तरका व्याक्तित्वहरुद्धारा प्रशंसा

केशब थापा /बेलडाँडी :  बेलडाँडी गाउँपालिमामा जारी रामलीलाको उच्च स्तरका व्याक्तित्वहरुद्धारा अवलोकन गर्दै मार्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जिवनीमा आधारित रामलिला महोत्सवले समुदायमा सकारात्म सन्देश प्रवाह भइरहेको भन्दै प्रशंसा गरेका छन् । हिजो सातौ दिन बेलडाँडी रामलीलाको अवलोकन गर्न आएका सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भने ‘आफ्नो लोक धर्म, संस्कृति एव संस्कारको सरक्षणका साथै मनोरन्जन भईरहेको बताए ।’ उनले भने ‘हाम्रा बृद्ध आमाबुवा, दिदिबहिनीहरुको उल्लेख्य सहभागिताले रामलीलामा छुट्टै रौनक ल्याएको जनाए ।

महोत्सवबाट आपसी भाईचारा एव सहस्थित्वको भावनाको जागृत भएको आफुले महसुस गरेको मन्त्री चौधरीको भनाई छ । बेलडाँडी रामलीलाको यसअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, त्यसअघि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, दिवान सिंह बिष्ट, अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष मर्यादा बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक धामी लगायतले महोत्वसमा प्रमुख आतिथ्यता ग्रहण गरी दृश्यावलोकन गरिसको समितिका महासचिव जयबहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार उच्च स्तरका व्याक्तित्वहरुद्धारा रामलीलाको अवलोकनले पुरै समिति लगायत बेलडाँडी बासी उत्साहित भएको जनाए । बेलौरी लालझाडी लगायत बेलडाँडीका रामभक्तहरुले दैनिक लगभग ३ देखि ४ हजार दर्शकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर अवलोकन गर्ने गरेको समितिका सचिव तथा कार्यक्रम संचालक मदन भट्टले जानकारी गराउनु भयो ।

बेलडाँडी गाउँपालिकाको बसपार्क मैदान स्थलमा संचालन भएको रामलीला महोत्सवको रौनक बढेको छ । बेलडाँडी गाउँपालिका–२ बेलडाँडी निर्माणाधिन बसपार्क मैदानमा संचालन भएको रामलीला महोत्सवमा रौनक बढेको हो । मार्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जिवनीमा आधारित रामलिला महोत्सवमा पुरुषोत्तम बालबालिकादेखि बृद्धबृद्धासम्म महोत्सवमा झुमिएका छन् ।

ताजा समाचार