विशाल सामुदायिक वनको अध्यक्षमा शाह

कञ्चनपुर : कञ्चनपुरको विशाल सामुदायिक वनको अध्यक्षमा शुशिल शाह चयन भएका छन । कृष्णपुर नगरपालिका १ निगालीबण्डमा रहेको विशाल सामुदायिक वनको अध्यक्षमा शाह चयन चयन भएका हुन । सामुदायिक वनको १६औँ बार्षिक साधारण सभाबाट जिल्लाका युवा नेता समेत रहेका शाह सर्वसम्मत सामुदायिक वनको अध्यक्षमा चयन भएको जनाईएको छ ।

उपाध्यक्ष दिपादेवी रावत, सचिव रमेश बुढा, कोषाध्यक्ष कमला बोहरा, सह सचिव लोक बहादुर बुढा, सदस्यमा भावना धामी, ईन्द्रादेवी रावत, बिमला बोहरा, रामदयाल राना, हेमकर्ण बुढा, सितादेवी बोहरा, मिनादेवी रावत, भानसिह महता, विनिता चौधरी, नारी सार्की, अनुगमन तथा मुल्याङकन समिति संयोजकमा धन बहादुर ठकुल्ला, लेखा समिति संयोजक नरेन्द्र रोकाया रहेका छन ।

विशाल सामुदायिक वनको अध्यक्षमा चयन भएका शुशिल शाहले सामुदायिक वनको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनले पर्यावरणको संरक्षणका साथै उपभोक्ताहरुको हक हितका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार