बेलडाँडी रामलीलाको सातौं दिन:भूमि तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीद्वारा दृश्यावलोकन

केशब थापा/ कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा सञ्चालन भएको रामलिलामा दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको छ।

विगतका वर्ष झै यस वर्ष पनि बेल्डाँडी रामलिला समितिद्वारा आयोजित रामलिला बेल्डाँडी गाउँपालिका वडा नम्बर २ स्थित रहेको बषपार्क क्षेत्रमा कार्तिक १० गते शुक्रबार देखि सञ्चालन भएको रामलिलामा आज सातौं दिन प्रमुख अतिथीमा भूमि तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी ,विशिष्ट अतिथिमा गाउँपालिका उपप्रमुख शान्ति नाथ,कम्मन् शिह विष्ट, भरत बहादुर विष्ट,धर्मराज जोशी,नवीन थापालगायत स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।

रामलिलामा प्रमुख अतिथी समेत रहनु भएका प्रमुख अतिथी भूमि तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीले, सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने रामलीला अन्यायका लागि लडेको कथाबारे प्रस्तुत गर्ने भएकाले समाजमा सदभावना सँगै नयाँ पिडीलाई ज्ञानको विकास गर्न र कर्तव्य बोध गराउन, धर्म,संस्कार संस्कृतिको जगेर्नामा रामलिला मञ्चनको आवश्यक रहेको बताउनु भयो ।

दिनप्रतिदिन रामलीला अवलोकन गर्नेको संख्या बढ्दै गएको छ,दैनिक लगभग ३,४ हजार जना जति दर्शकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर अवलोकन गर्ने गरेको समितिका सचिव मदन भट्टले बताउनु भयो ।

कार्तिक १० गते देखि सुरु भएको रामलीला महोत्सव २४ सम्म हुने बेलडाँडी रामलिला समितीले जनाएको छ । उक्त रामलिलामा भगवान् रामजन्म देखि राम र सीता,रावणको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत गरी रावणको अन्त्य नहुञ्जेलसम्म चल्ने रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने जनाइएको छ । उक्त रामलिला मञ्चनको दृश्यावलोकन गर्न पाउँदा स्थानियबासि भक्तजनहरू पनि हर्षित भएर सहभागी भएका छन् ।

ताजा समाचार