दोधारा चाँदनीका वडाध्यक्षद्धय सुनार र खत्रीले सुरु गरे ‘शिवराज बचाउ अभियान’, सबैले सहयोग गरिदिन अपिल (हेर्नुस् भिडियो)

दोधारा । दोधारा चाँदनीका फोक्सोमा समस्याले ग्रसित भएका शिवराज भट्टको उपचारमा सहयोगको लागी वडाध्यक्ष भक्त बहादुर सुनार र केशव खत्रीले ‘शिवराज भट्ट बचाउ अभियान’ सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी ७० का शिवराज भट्टको बिगत ३ वर्ष देखि फोक्सोको समस्याले ग्रसित भएका छन् । आर्थिक अवस्था कमजोर भएका भट्टलाई भारतको बिभिन्न शहरमा रहेका अस्पतालमा उपचार गर्दा समेत निको भएको छैन् । उपचारमा भट्टले केही जग्गा समेत बिक्रि गरिसेका छन् । जग्गा बिक्रि गरेको रकम पनि उपचारमा सकिएको हुदा उपचार गर्न समेत रकम नभएर उपचारमा सहयोगको याचना गरेका छन् ।

पिडित भट्टको अवस्था दैनिय रहेर उपचार गर्न नसकेको अवस्था थाहापाए संगै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार र वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले ब्यक्तीगतरुपमा क्रमश : रु. ५ हजार र रु. ५ हजार १ सय गरि दुबैले जम्मा रु. १० हजार १ सय रुपिँया शिवराज भट्टको उपचारमा सहयोग रकम भट्टका बुहारीलाई हस्तान्तरण गरेका छन् । दुबै वडाध्यक्षले ‘शिवराज भट्ट बचाउ अभियान’ संचालन गरि संकलित रकम भट्टको उपचारमा सघाउ पुग्ने बताएका छन् ।

झण्डै एक महिना देखि पिडित भट्टको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ् । पिडामा रहेका शिवराज भट्टको उपचारको लागी सहयोग गरिदिनहुन वडाध्यक्षद्धय भक्त बहादुर सुनार र केशव खत्रीले देश बिदेशमा रहेका सबै नेपाली दाजुभाई अनुरोध गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको नाउमा रहेको एनआईसी बैंकको खाता नं. ५९८७५५२०२५५२४००१, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको मोवाईल नम्वर : ९८०६४८४९३७ मा सम्पर्क गरि सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।

ताजा समाचार