पाचौं निसर्ग सुदूरपश्चिम प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगीताको महिला तर्फ मनकामना च्याम्पियन

कञ्चनपुर: पाचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० को महिला तर्फ मनकामना युवा क्लब च्याम्पियन बनेको छ।मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा आज देखी ५ औँ निसर्ग प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को महिला तर्फ फाइनल खेल मनकामना युवा क्लब र मसुरिया फुटबल एकेडेमी बिच भएको थियो। उक्त खेलमा निर्धारित समयमा दुबै टिमले गोल रहित खेल्दा खेलमा इन्जुरी ३ मिनेटको समय थप गरेको थियो। उक्त थप समयमा मनकामनाले १-० गोलले मसुरिया लाई हराउदै उपाधी रक्षा गरेको हो ।

विजेता टिम मनकामनाले महिला तर्फ च्याम्पियन हुँदै ५० हजार धनराशि पुरस्कार जित्न सफल भएको छ। भने उपविजेता मसुरिया एकेडेमीले २५ हजार नगदसहित प्रमाणपत्र पाउने छन् ।उक्त दिन पुरुष तर्फ क्वाटरफाइनलको खेल ग्रीन युवा क्लब र फुलवारी-११ बिच भएको थियो। ग्रीन युवा क्लबले ३-१ गोलको अन्तरले फुलबारी-११ लाई हराउदै सेमिफाइनल प्रवेश गरेको छ।पुरुष तर्फ दोस्रो क्वाटरफाइनल खेल भोलि १६ गते नमो: बुद्ध क्लब र मनकामना युवा क्लब बीच दिउँसो २ बजे हुने छ। उक्त खेलमा जित निकाल्ने टिमले सेमिफाइनल प्रवेश गर्ने छ।हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। भेट्रान तर्फ ७ ओटा भेट्रान पुरुष टिम रहेका छन्। भने महिला फुटबल टिममा ५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार नगदसहित प्रमाणपत्र रहेको छ।

ताजा समाचार