गाेठ र परालकाे कुन्यूमाआगजनि

खडक ब. काेलि / कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा एक किसानको गाेठ र परालकाे कुन्यूमाआगजनि भएको छ। भीमदत्त ४ बैजनाथ टाेलकि सिता देबि सार्कीको गाेठ र परालमा १२ गते दिउसाे ११ बजे खाना बनाउने क्रममा हावाले उडाएकाे झाेईलाले आगजनि भएकाे वडा अध्यक्ष सुशील कुमार भट्टले बताएका छन।

अध्यक्ष भट्टका अनुसार आगलागेकाे खबर पाउने बितिकै नगरपालिबाट दमकल पठायाै दमकल आगलागेकाे ठाउमा बाटाे नभएकाेले ढिला पुगेपनि दमकल र स्थानीयहरुकाे सहयाेगमा नियन्त्रण गर्दागर्दै गाेठ र पराल नष्ट भयाे। अध्यक्षभट्टले विपद व्यवस्थापनमा छुट्याएको रकम बाट सहयाेगगर्ने समेत बताएका छन्। पिडित सीतादेवी सार्कि र उनकि छाेरि दिपिका सार्की स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय वन कार्यालय वडाहरुमा सहयाेगकाे लागि गुहारदै आएकाे बताईएकि छन सम्बन्धि निकायले सहयाेग गर्ने बताएका छन पिडित सेतीदेवी सार्कीले भनिन।

वडा प्रहरी कार्यालय कञ्चनपुरले दुई कोठे भुईतले गाेठ खर तथा काठले छाएको कच्चि गाेठ र परालको कुन्यु मा आगजनि हुदा ६१ ,५०० बराबरकाे क्षेति भएकाे वडा कार्यालय कञ्चनपुरको मुचुल्कामा उल्लेख गरिएकाे छ। अधिया गरि कमाईगरेकाे पराल र गाेठ जले पछि गाई भैंसी बाँध्न र पाल्न समस्या भएको सार्कीले बताइन्।

ताजा समाचार