सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष द्धारा बल सहयोग

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्षले फुटबल सहयोग गर्नु भएको छ।

मनकामना युवा क्लब धनगढी -१२ को आयोजनामा कार्तिक १२ गते देखि संचालन भएको पाँचौ बृहत निसर्ग प्रदेश क्लब स्तरिय महिला/पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०८० सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले दुई वटा फुटबल मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेय लाई हस्तान्तरण गर्नु भएको हो।

प्रतियोगिता सञ्चालन हुँदै गर्दाको दौरानमा सहयोगीहत हरु लाई आयोजक क्लबले हृदय देखि नै धेरै धेरै धन्यवाद समेत दिएको छ।
प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्दै गर्दा सबैको सानो सानो सहयोगले सहजता हुने मनकामना युवा क्लबले जनाएको छ।

सुदूरपश्चिम प्रदेश फुटबल संघले प्रतियोगिता सञ्चालन र प्रशिक्षणमा रहेका क्लब लाई बल हस्तान्तरण गरेका छौँ प्रदेश फुटबल संघका अध्यक्ष श्रेष्ठले भने, फाप्ला खेलमैदान यू-१४ का खेलाडी लाई ३ बल, जुनापुर लाई २ र मनकामना लाई पनि २ बल हस्तान्तरण गरेका छौँ । यो सहयोग निरन्तर रहने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका हरेक क्षेत्रमा खेलकुद गतिविधि बढ्ने क्रम जारी रहेको छ। सुदूरका पहाडी जिल्ला र तराईका कञ्चनपुर, कैलाली जिल्लामा फुटबल प्रतियोगिताका गतिविधि एकाएक सञ्चालनमा रहेका छन् ।

ताजा समाचार