पाचौं निसर्ग सुदूरपश्चिम प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगीताको महिला तर्फ आज फाइनल

उपाधिका लागि महिला तर्फ आयोजक मनकामना र मसुरिया एकेडेमी भिड्ने

कञ्चनपुर: पाचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० को महिला तर्फ फाइनलको उपाधिका लागि आज मनकामना युवा क्लब र मसुरिया एकेडेमी भिड्नेछन्।

मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा आज देखी ५ औँ निसर्ग प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को महिला तर्फ मंगलबार हिजो मसुरिया एकेडेमी र पटेला स्मार्ट बिचको खेलमा निर्धारित समयमा दुबै टिमले गोल नगर्न सक्दा खेल ट्राईबेकरमा गएको थियो।

ट्राईबेकरमा मसुरिया एकेडेमीले ४-३ गोलको अन्तरले पटेला स्मार्ट लाई हराउदै आफ्नो फाइनलको यात्रा पक्का गरेको हो। भने मनकामना युवा क्लबले कार्तिक १३ गते लालझाडी-११ महिला फुटबल टिमलाई हराउदै फाइनल प्रवेश गरेको थियो।

आज फाइनल महिला तर्फ दिउँसो १२ बजे मसुरिया एकेडेमीको सामना उपाधिका लागि मनकामना युवा क्लबले गर्नेछ । उक्त खेलमा विजेता टिमले महिला तर्फ च्याम्पियन बन्ने छ। ५० हजार धनराशि पुरस्कार हात पार्ने छ।

हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। भेट्रान तर्फ ७ ओटा भेट्रान पुरुष टिम रहेका छन्। भने महिला फुटबल टिममा ५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र महिला तर्फ ५० हजार र यस्तै पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार र महिलालाई २५ हजार नगदसहित प्रमाणपत्र रहेको छ।

ताजा समाचार