आठौं लालझाडी कपको आज उद्धघाटन

मोहन गुरुङ स्मृति आठौं लालझाडी कप जिल्ला स्तरीय नकाउट फुटबलको उद्धघाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव सिंहले गर्ने

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को आज उद्धघाटन हुने भएको छ।

कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको पुरस्कार रहेको मोहन गुरुङ स्मृति आठौं लालझाडी कप जिल्ला स्तरीय नकाउट फुटबल प्रतियोगिता २०८० को उद्धघाटन आज सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंह द्धारा आज दिउँसो २ बजे गर्ने कार्यतालिका रहेको आयोजक क्लबका अध्यक्ष कासिराम बोहराले बताउनु भयो।

उद्धघाटन खेल भेट्रान टिम लालझाडी युवा क्लब-११ र पुनर्वास-११ भेट्रान फुटबल टिम बिच खेल हुने छ। प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ । दुई समुहमा ८-८ टिम बिभाजन गरिएको छ।

प्रतियोगिता कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा प्रथम नगद पुरस्कार रु २ लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार १ लाख २५ हजार पाउनेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी रु २० हजार र बिविध बिधा तर्फ रु दस / दस हजार पुरस्कार र प्रत्येक म्याच को म्यान अफ द म्याच ले रु २५ सय पाउने छन्। प्रतियोगिता कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुनेछ ।

ताजा समाचार