बेलडाँडी रामलीला महोत्सवको पाँचौँ दिन : प्रदेश प्रमुख देवराज जोशीद्वारा दृश्यावलोकन

केशव सिंह थापा, /कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीमा शुक्रबारदेखि सञ्चालन भएको रामलीला महोत्सवको पाँचौँ दिन मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले दृश्यावलोकन गर्नु भएको छ ।

प्रदेश प्रमुखसँगै प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधि लगायतको समेत उपस्थिति रहेको बेलडाँडी रामलीला समितिका महासचिव जयबहादुर कुँवरले जानकारी दिनुभयो । नयाँ पुस्तामा सामाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलीला महोत्सव मार्ग दर्शन हुने रामलीला समितिका संयोजक कमान बिष्टले विश्वास व्यक्त गर्नुभयो ।

रामलीला महोत्सवलाई दैनिक २ हजार ५ सयदेखि ३ हजार जना जति दर्शकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर अवलोकन गर्ने गरेको समितिका सचिव मदन भट्टले बताउनु भयो ।

ताजा समाचार