तस्करी गरिरहेको अवस्थामा भारतीय नागरिक सशस्त्र प्रहरीको फन्दामा

कञ्चनपुर :  तस्करीमा संलग्न एक भारतीय नागरिक कञ्चनपुरमा पक्राउ परेका छन । सशस्त्र प्रहरी बलले तस्करीमा संलग्न भएका भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति प्रेम बहादुर रावलले भारतबाट चोरी तस्करी गरेर समान ल्याईरहेको अवस्थामा उत्तरप्रदेश मोरादावादका ईन्शा अल्लाहलाई पक्राउ गरिएको बताए । सशस्त्र प्रहरीका एसपी रावलले अल्लाहले भन्सार नकाटेका ८७ हजार बजारबरका अवैध समान नेपालतिर तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
भारतीय नागरिक अल्लाहले कपडा, टेमिकल माटो सहितका समान भारतबाट ल्याईरहेका थिए । भन्सार राजस्व नतिरेरै महेन्द्रनगर तर्फ अवैध समान ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम रावल नेतृत्वको टोलीले भारतीय नागरिकलाई पक्राउ सहित उक्त अवैध समान बरामद गरेर भन्सार बुझाएको छ । सशस्त्र प्रहरी यसरी तस्करीमा संलग्न भएका भारतीय नागरिकलाई समान सहित पक्राउ गरेर थप कार्बाहीका लागि भन्सार चलान गरेको हो ।
यसैगरी सशस्त्र प्रहरीले मंगलबारै दोधराचाँदनी नगरपालिका २ मायापुर सामुदायिक वन क्षेत्रबाट प्रतिबन्धित कुखुरा बरामद गरेर नष्ट गरेको छ । भारतीय मोटरसाईकलमा प्रतिबन्धित कुखुरा बरामद गरेर नष्ट गरेको हो । झण्डै १ लाख, ८० हजार बराबर मोटरसाईकल र चल्ला बरामद गरिएको छ ।

ताजा समाचार