कृष्णपुर २ नम्बर वडा कार्यालयद्वारा किसानाई प्लाष्टिक टनेल वितरण

कञ्चनपुर : व्यवसायिक तरकारी खेतीका लागि कञ्चनपुरको एक वडा कार्यालयले किसानलाई टनेल वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई टनेल वितरण गरेको हो । ‘किसानसंग वडा कार्यालय’ कार्यक्रम अन्र्तरगत किसानलाई व्यवसायिक रुपमा तरकारीखेती तर्फ उन्मुख गराउने उदेश्यका साथ प्लाष्टिक टनेल वितरण गरिएको जनाएको छ । मंगलबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले किसानलाई प्लाष्टिक टनेल वितरण गरेको हो । विच कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले किसानलाई तरकारी खेतीतर्फ आत्मनिर्भर बनाउने उदेश्यका साथ अनुदानमा टनेल वितरण गरिएको बताए ।

‘हामीले किसानसंग वडा कार्यालय’ कार्यक्रम नै संचालन गरेर २० जना किसानलाई टनेल वितरण गरेका छौँ, ‘वडाध्यक्ष साउदले भने, ‘यस अघि पनि किसानलाई कृषि औजार उपकरणदेखिका समाग्री वितरण गरेका थियौँ ।’ अनुदानमा प्लाष्टिक टनेल पाएका स्थानीय किसानले व्यवसायिक तरकारी खेतीका लागि सहज भएको बताएका छन । उनीहरुले यस पटक वडा नेतृत्वले सबै किसानलाई आवश्यकता अनुरुप कृषि उपकरण औजार वितरण गरेको बताएका छन ।

स्थानीय किसान सहदेव रानाले वडाबाट समयमै प्लाष्टिक उपकरण पाएपछि हामीलाई तरकारी खेती गर्न सहज भएको बताए । अर्का किसान शान्ति देवी भण्डारीले हिउँदे सिजनमा समयमै कृषि उपकरण पाएपछि खेतीका लागि सहज भएको बताईन । वडाध्यक्ष अर्जुन सिह साउदले आगामी दिनमा समेत वडाका किसानलाई तरकारी, अन्नबाली सहितका विभिन्न व्यवसायिक खेतीमा आत्मनिर्भर बनाउनका लागि थप कार्यक्तम संचालन गरिने बताए ।

ताजा समाचार