आठौं लालझाडी कपको खेल तालिका सार्वजनिक


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक गरिएको छ।

कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको पुरस्कार रहेको आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक गरिएको आयोजक क्लबका अध्यक्ष कासिराम बोहराले बताउनु भयो।

प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ । दुई समुहमा ८-८ टिम बिभाजन गरिएको छ। प्रतियोगिता कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा प्रथम नगद पुरस्कार रु २ लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार १ लाख २५ हजार पाउनेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी रु २० हजार र बिविध बिधा तर्फ रु दस / दस हजार पुरस्कार र प्रत्येक म्याच को म्यान अफ द म्याच ले रु २५ सय पाउने छन्। भने टिम दर्ता शुल्क रु १० हजार रहेको छ।

खेल तालिका र नियमावली यस्तो छ:


Loading Viewer...

ताजा समाचार

spot_img