दोधारा चाँदनीमा भेट्रान भलिबल खसी कप प्रतियोगिताको तयारी

दोधारा । दोधारा चाँदनी नगरपालिका दशैं र तिहारको पारी दोधारा चाँदनी नगर स्तरीय पुरुष भेट्रान भलिबल खसी कप प्रतियोगिता आयोजना हुने भएको छ । श्री बडीमालिका विकास समाज नेपालले ‘व्यायाम गरौ, स्वस्थ नागरिक बनौ’ भन्ने नारा सहित प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजक संस्थाका अध्यक्ष पदम बहादुर सिहले टीम दर्ता सुरु गरिएको जानकारी दिएका छन् ।

उनका अनुुसार कार्तिक २० गते सम्म टीम दर्ता गराउन पर्ने छ् । टीम दर्ताका लागि तीन हजार शुल्क राखिएको छ् । समाजले सहभागिताका लागि दोधारा चाँदनीको स्थायी वासिन्दा हुनु पर्ने तथा कार्तिक २० गते खेल तालिका सार्वजनिक गर्ने भएको छ् ।

ताजा समाचार