बेलडाँडी गाउँपालिकाद्धारा सत्यदेवी मन्दिरमा भक्तजन लाई मध्यनजर गर्दै कुर्सी लगायतका सामग्री सहयोग

कञ्चनपुर:  बेलडाँडी गाउँपालिका कार्यालयद्धारा वडा नं.१ मा रहेको सत्यदेवी मन्दिरमा भक्तजन लाई मध्यनजर गर्दै कुर्सी लगायतका सामग्री सहयो गरेको छ ।

लामो समय देखि सत्यदेवी माताको रुपमा हेराउदै आएकी बेलडाँडी वडा नं.१ की उज्वली कुवरले स्थानीयलाई माताको शक्तिका बारेमा जनविश्वास दिलाएपछि बेलडाँडी १ का समाजसेवी दिर्घ बहादुर सिंह, रण बहादुर सिंह, भुपेन्द्र शाह, पदम बहादुर शाह, कलक शाह र लोक बहादुर बलायर लगायतको पहलमा उक्त सत्यदेवी मन्दिरमा १२ वटा पलास्टिक कुर्सी, १ थान कार्पेट र १ थान पिफम लगायतका सामग्री पालिकाबाट हस्तान्त्रण गरिएको पालिका अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो ।

उहाँका अनुसार ती महिलाले धेरै लामो समय देखि देवीको रुपमा हेराउदै आएकी थिइन । धेरैको जीवन संग मेल खाएपछि उनी प्रति जनविश्वास बढेकाले हेराउ आउनेको संख्या बढ्न थालेको छ । त्यहाँ आउनेलाई बस्ने समेत समस्या देखा परेकाले पालिकाले कुर्सी लगायतका सामग्री सहयोग गरेको सचिव उपाध्यायले बताए ।

ताजा समाचार