पाचौं सुदूरपश्चिम प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगीता आज भब्यताका साथ उद्धघाटन

भेट्रान तर्फ बोराडाँडी र पुरुष तर्फ नेपाल पुलिस क्लबको सुखद सरुवात

धनगढी:  सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० आजबाट सुरु भएको छ।मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा आज देखी ५ औँ प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता भब्यताका साथ उद्धघाटन भएको हो।धनगढी-१२ जुगेडा स्थीत मनकामना युवा क्लवको खेलमैदानमा हुने फुटबल प्रतियोगीताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गर्नु भएको क्लवका अध्यक्ष कृष्ण राज पाण्डेयले जानकारी दिए।उद्घाटन भेट्रान तर्फ बोराडाँडी र बैयाबेहडी बिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बोराडाँडीले ४-२ गोलको अन्तरले बैयाबेहडी लाई हराउदै बिजय सुरुवात गरेको छ भने पुरुष तर्फ नेपाल पुलीस क्लब र स्टार सिटी क्लब बिच रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले १-० गोलको अन्तरले स्टार सिटिलाई हराउदै सुखद सुरुवात गरेको मनकामना युवा क्लवका अध्यक्ष पाण्डेयले बताए।

हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। जस अनुसार नेपाल पुलिस क्लब, स्टार सिटी क्लब, अल स्टार क्लब, कालीका क्लब, ग्रिन युवा क्लब, फुलबारी ११, नवोबुद्ध युवा क्लब र मनकामना युवा क्लब रहेका छन्।भेट्रान तर्फ ७ ओटा भेट्रान रहेका छन्। जस अनुसार कैलारी गाउँपालीका भेट्रान, अत्तरीया भेट्रान र बोराडाँडी भेट्रान र बैयाबेहडी, पुनर्वास नगरपालीका, ग्रिन ल्याण्ड पार्क बिकास समिती, मनकामना युवा क्लबले सहभागिता रहेका छन्।

पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र महिला तर्फ ५० हजार र यस्तै पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार र महिलालाई २५ हजार नगदसहित प्रमाणपत्र दिइने बताए।

यस्तो छ खेल तालिका :

ताजा समाचार