कृष्णपुरमा धार्मीक सप्ताह ज्ञान महायज्ञ २०८० को आयोजना

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा धार्मीक सप्ताह ज्ञान महायज्ञ २०८० को आयोजना गरिएको छ । कृष्णपुर नगरपालिका २ बाणी मा रहेको त्रयम्वकेश्वर महादेव मन्दिरको सर्वाङ्गीण विकासार्थ हेतु धार्मिक सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो । आईतवार शोभा कलस यात्राको आयोजना गर्दै महायज्ञको सुरुवात गरीएको धार्मीक सप्ताह ज्ञान महायज्ञ २०८० का संयोजक गोपाल भारतीले जानकारी दिए ।

यो ७ दिन सम्म संचालन हुने र त्रयम्वकेश्वर महादेव मन्दिरको सर्वाङ्गीण विकासार्थ हेतु र मन्दिर नजिकै रहेको तलाउको संरक्षण प्रवद्र्धन गर्नका लागी महायज्ञको आयोजना गरिएको उनले बताए । साथै यस क्षेत्रलाई आन्तरिक बाह्य पर्यटकको रोजाई बनाउनका लागी र ओझेलमा परेको मन्दिरको प्रचार प्रसार गरी आर्थिक संकलन भएको खण्डमा चारै तर्फ भएको जग्गा अतिक्रमणलाई हटाएर घेरबार लगाएर संरक्षण गरिने उनले बताए । साथै यो तालको संरक्षण गरेर यसमा बिभिन्न किसिमको फुल रोपेर यसमा डुङगा संचालन गरी पर्यटकहरुलाई यतै रोकेर आर्थिक पक्षमा टेवा पुय्राउने लक्ष्य रहेको संयोजक भारतीले बताए । स्थानिय समाजसेवी तुलसी भण्डारीले यो क्षेत्रमा पहिलो पटक महायज्ञ को आयोजान गरिएको प्रती स्थानिय अत्यन्तै खुशी भएको बताईन् ।

यो महायज्ञले स्थानियहरुलाई मन शान्ती, सदवुद्धीको विकास,संगै धर्म संस्कृतीको जेगर्ना गर्नु पर्दछ भनेर पनि सिकाई हुने उनले बताईन् । साथै मन्दिरको संरक्षण गरेर यो भित्र विवाह मण्डपको निर्माण गरी विकास गरिने बताईन् । विगतका दिनहरुमा समिती बनेको तर खासै काम हुन नसकेको अवस्थामा अब नयाँ समिती मार्फत काम गरेर पर्यटकीय स्थलको निर्माण गरी आगामी दिनमा यसको महत्व अझँै बढाउने योजना रहेको कृष्णपुर नगरपालिका वडा नम्वर २ का अध्यक्ष अर्जुन साउँदले जानकारी दिए । अहिले मुल आयोजक समिती मार्फत नै कार्य गरी यो क्षेत्रको धार्मीक पर्यटकियलाई मुख्य रुपमा पहिचान गराउनका लागी यो महायज्ञको आयोजना गरिएको उनले बताए ।

साथै यो महायज्ञबाट संस्कार संस्कृती पहिचान धर्मको विहेष ज्ञान प्रदान गर्न र यो कृष्णपुर क्षेत्र, बाणी क्षेत्रको समर्ग विकास, पर्यटकको आगमन बढाउने, तालको संरक्षण गर्न साथै मन्दिरको विकासार्थ नै यो महायज्ञको अयोजना गरिएको उनले बताए । संगितमय श्रिमद्भागवत ज्ञान महायज्ञ, वाल संस्कार, योग विज्ञान शिविर, एवं १००८ शालीग्राम पूजा अर्चनाको पनि व्यवस्था रहेको उनले बताए ।

ताजा समाचार