पुष्प खेतीबाट मनग्गे आम्दानी गर्दै दोधारा चाँदनीका रोकाया (भिडियो सहित)

पप्पु गुरुङ्ग, दोधारा । वैदेशिक रोजगारको लागी लाखौं युवाहरु विदेश गईरहेका अवस्थामा दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरका प्रेम रोकाया आफ्नै बारीमा पसिना चुहाउदै फूल स्याहारी रहेको अवस्थामा भेटिन्छन् । नेपाली युवाहरु बिदेशिने अवस्थामा आफ्नो देशको माया मार्न नसकी यहि केही गरि परिवार धान्ने प्रयास स्वरुप पुष्प खेतीबाट अहिले उनले मनग्य आम्दानी आर्जन गर्न सफल भएका छन् । सुन्दरनगर बस्तीमा आफ्नै र समुहगतको जग्गामा शुरु गरेको कलकतिया र स्थानिय जातका सयपत्री पुष्प फुलिरहेको मनमोहक दृश्य देख्दा जो सुकैको मन हषिर्त हुन्छ् । सुन्यबाट शुरुवात गरेका रोकायाले अहिले आफ्नै र समुहगत झण्डै ९ कट्टा जग्गामा कलकतिया र स्थानिय जातका सयपत्री पुष्प उत्पादन गर्दै राम्रै आम्दानी गर्दै गरेका छन् । उनको खेतवारीमा कलकतिया र स्थानिय जातका सयपत्री पुष्प खरिद गर्न, हेर्न आउने र टिकटक बनाउने आउने भिड लाग्दै आएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले प्रेम रोकाया र उनि सम्बद्ध सुन्दरनगर कृषी समुहलाई पुष्प खेतीमा सघाएको युवा किसान प्रेम रोकायाले बताएका छन् । अहिले ९ कट्टामा लगाएको सयपत्री खेतीले राम्रो आम्दानी गरेका छन् । अहिले सम्म झण्डै रु. ६० हजार सयपत्री पुष्प बेचेका उनि बताउछन् । भारतको कलकत्ताबाट ल्याएका कलकतिया जातका सयपत्री फुलका बिउलाई उत्पादन गर्न झण्डै रु. ३५ हजार खर्च लागेको युवा किसान रोकायाले बताएका छन् । ‘बिउ खरिदमा रु. १० हजार र मल्चिङ रोल खरिदमा रु.२५ हजार खर्च भएको छ्’ किसान प्रेम रोकायाले भने । उनले उत्पादन गरेका सयपत्री फुल स्थानिय बजार, महेन्द्रनगर र धनगडी बजारमा निर्यात गर्दै आएको बताएका छन् । राम्रो आम्दानी भएसंगै अर्को वर्ष पनि अझै ठुलो क्षेत्रमा सयपत्री फुल उत्पादन गर्ने उनले बिचार गरेका छन् । उनले सयपत्री फुल उत्पादन गर्न आर्थिक तथा प्राबिधिक सहयोग गरेको भन्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनालाई बिशेष धन्यबाद दिएका छन् ।

सयपत्री फुल बिक्री बितरण गरि रोकायाले आर्थिक आम्दानी मात्र नगरि आफ्नो फर्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी १० जना भन्दा बढी रोजगारी दिन सकेकोमा गर्व महशुश गरेको सुनाउछन् । पैसा कमाउनकै लागी बिदेश जाने युवाहरुले गर्न खोजे पुष्प खेतीमा प्रशस्त आम्दानी रहेको किसान प्रेम रोकायाको भनाई छ । समय परिवर्तन संगै विश्वमै एग्रिकल्चरको महत्व बढ्दै गइरहेको र अहिले जुनसुकै शुभकार्य गर्दा फूल अनिवार्य रुपमा चाहिने कारणले स्थानिय स्तरमा सयपत्री फुलको माँग तिव्र रुपमा बढदै गएको रोकायाले बताएका छन् । आजै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले प्रेम रोकाया र उनि सम्बद्ध कृषी समुहले उत्पादन गरेको सयपत्री पुष्प खेतीको स्थलगत अनुगमन गरेका छन् । युवाहरुले गरेको उत्पादनले नगर क्षेत्रको बिकासमा सघाउ पुग्ने बताएका छन् ।

रोजगारको लागी लाखौं युवाहरु बिदेश पलाएन भएको अवस्थामा सुन्दरनगर क्षेत्रमा युवाहरुले उत्पादनले आर्थिक उन्नतीको लागी उदाहरण भएको उपमेयर जोशीले बताएका छन् । ईच्छा शक्ती भए युवाहरुले आफ्नै गाँउ, बस्तीमा राम्रै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण भएको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्र हावापानी पुष्प व्यावसायको लागी अनुकुल भएको हुदा पुष्प खेतीको प्रचुर सम्भावना रहेको स्थानिय जानकारहरु बताउछन् । पुष्पजन्य उत्पादन महेन्द्रनगर, धनगडी, नेपालगञ्ज लगाएत शहरमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको र हावापानी अनुसार ठूलो मात्रामा ब्यवसायीक फूल खेती बिस्तार गर्न सके लाखौं बराबरको फूल जन्य उत्पादन निर्यात गर्न सकिने स्थानिय जानकारहरुको भनाई रहेको छ् ।

यसको लागी नेपाल सरकारले उचित ध्यान पुर्‍याउन नसकेको गुनासो गर्दै पुष्प खेतीमा बिशेष अनुदान दिन सके यसले नयाँ रुप दिन सकिने र किसानहरुले सोचे जस्तो फाईदा लिन सकिने एकथरीको भनाई रहेको छ् ।

ताजा समाचार