महेन्द्रनगरमा रामलिला महोत्सव शुरु

कार्तिक : कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा रामलिला महोत्सव शुरु भएको छ । कञ्चनपुर रामलिला समितिको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा शनिबारदेखि रामलिला महोत्सव शुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले महोत्सवको उद्घाटन गर्दै रामलिला महोत्सवलाई समाजिक बृद्धि विकास तर्फ जोडदिएका छन । उद्घाटन कार्यक्तममा जिल्लाका स्थानीय सरकार प्रमुख, उपप्रमुखले समेत समाजिक बृद्धि विकास नैतिकताका लागि रामलिला महोत्सवमा सहयोग गर्ने बताएका छन । दोधाराचाँदनीका मेयर किशोर लिम्बुले रामलिला महोत्सवलाई आवश्यक सक्दो सहयोग गर्ने बताए । भीमदत्त नगरकी उपप्रमुख निलम लेखक(जोशी)ले समाज सुधारका लागि महोत्सव केन्द्रीतमा जोडदिदै पालिकाबाट आवश्यक सहयोगको बचन दिईन । हरेक बर्ष झै यस बर्षपनि जिल्ला सदरमुकाम महेन्द्रनगरमा रामलिला महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

कञ्चनपुर रामलिला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले विशुद्ध समाज सुधारका लागि रामलिला संचालन हुन लागेको बताए । अध्यक्ष चन्दले पुरुषोत्तम भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष चन्दले पछिल्ला दिनहरुमा समाजमा विकृती बिङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उदेश्य रहेको बताए । अध्यक्ष चन्दले ०५२ सालदेखि महेन्द्रनगर खुला मञ्चमा भईरहेको रामलिला महोत्सव ०७२ देखि निरन्तर भईरहेको बताए । महोत्सवको मञ्च व्यवस्थापनदेखि कलाकार तयारी अवस्थामा रहेको बताए । सुदूरको परापुर्वकालदेखि चल्दै आएको लोक संस्कृती संस्कारका साथै धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि रामलिला संचालन हुन लागेको उनले बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने चन्दले बताए । ‘आर्दश रामको जिवन चरित्रमा उर्तानका लागि पनि रामलिलाको महत्वपूर्ण योगदान हुन्छ ।’ उनले भने ‘राम्रोसंग गहन रुपमा रामलिला अवलोकन गर्नुपर्छ ।’ कञ्चनपुर रामलिला समितिका महासचिव नरेन्द्र प्रशाद जोशीले धर्म संस्कार संरक्षणका साथै मानिसलाई आर्दशवान बनाउनका लागि महोत्सव आयोजना गरिए

को बताए । महासचिव जोशीले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए । कञ्चनपुर रामलिला समितिका कोषाध्यक्ष विष्णूदत्त भट्टले महोत्सव संचालनका लागि समितिकै सदस्यबाट आजिवन सदस्यदेखिका दाताहरुबाटै सहयोगले महोत्सव संचालन गर्न लागेको बताए । कञ्चनपुर रामलिला समितिका सह सदस्य तारासिह भाटले महोत्सव समाज सुधारका लागि केन्द्रीत गराउने बताए । महोत्सवको निर्देशन सुप विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका रामलिलाका जानकार डा. भुपेन्द्र सिह विष्ट रहेका छन । महेन्द्रनगरसंगै बेलडाँडी र दोधाराचाँदनीमा समेत रामलिला महोत्सव संचालन भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds