राष्ट्रिय कर्मचारी संगठन सुप प्रदेशको बैठक : कर्मचारीको हकहितमा जोड

कञ्चनपुर : नेपाल राष्ट्रिय कर्मचारी सगठन सुुदूरपश्चिम प्रदेश कार्य समिति प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन विशेष रुपान्तरण अभियान एक सरकारी निकाय एक कर्मचारी संगठन’ भन्ने मुल रानाका साथ शनिबार डडेल्धुरामा नेपाल राष्ट्रिय कर्मचारी सगठन सुुदूरपश्चिम प्रदेश कार्य समिति प्रथम विस्तारित बैठक सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सगठन सुुदूरपश्चिम प्रदेश कार्य समितिको बैठकमा निजामती कर्मचारीको हकहितको विषयमा छलफल गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन कैलालीका अध्यक्ष गङ्गारम भारतीले निजामती सेवा ऐन कर्मचारीको हितमा आउनुपर्ने , सङ्गठन सुदृढीकरण र रुपान्तरण केन्द्र बाट नै गर्नुपर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय सचिव बलदेब कपाडीले स्थानीय तहमा जो सिनियर छ उसले नै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा जोडदिए ।

नेपाल राष्ट्रिय कर्मचारी सगठनका केन्द्रीय अध्क्यक्ष अम्बादत्त भट्टले सबैका सुझावलाई समेटेर लैजाने कर्मचारी समायोजन ऐन कर्मचारी कै हितमा आउने बताउँदै स्थानीय तहका कर्मचारीको समायोजन सरुवा बढुवामा पनि नेराकस स्थानीय तहका कर्मचारीकै पक्षमा रहेको बताए । ्केन्द्रीय अध्यक्ष भट्टले निजामती ऐन आए पछि मात्रै प्रदेश निजामती ऐन आउने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र सुप प्रदेशका सचिव जनक बुढाले संघीयता सफल बनाउन कर्मचारीको भूमिका रहेको बताए । प्रदेशका ८८ओटै पालिकामा सङ्गठन निर्माण गर्न आफुले सहयोग गर्ने बताए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य ,सुप प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता खगराज भट्ट सबैले प्राबिधिक माओवादी भन्दा आत्मीय माओवादी बन्नुपर्ने ,देश भित्र र बाहिरका चुनौती र समस्याको चाङमा चढेर यो ब्यबस्था ल्याएर सफलपार्नुपर्ने अवस्था रहेकाृ बताए ।

‘यो व्यवस्था सफल पारे हामी सफल हुने यो सरकार सफल पार्न हाम्रो कर्मचारी सङ्गठनले कतिको भुमिका खेलेको छ, ‘उनले भने, ‘त्यो भुमिका खेल्नुपर्छ ।’ नेपाल राष्ट्रिय कर्मचारी सगठन सुुदूरपश्चिम प्रदेशका अध्यक्ष चन्द्र प्रशाद जोशीको अध्यक्षतामा भएको कार्यक्तममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा सुप प्रदेश सभा सदस्य खगराज भट्ट प्रमुख अतिथि रहेका थिए । माओवादी केन्द्रका सुप प्रदेश सचिव जनक बुढा र नेपाल राष्ट्रिय कर्मचारी सगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनका केन्द्र, प्रदेश र जिल्ला जिल्लाका पदाधिकारी, सदस्यको सहभागिता रहेको थियो ।

ताजा समाचार