कञ्चनपुर : राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रिय समितिले कन्चनपुरमा दशैं तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ। शनिबार भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित राधाकृष्ण मन्दिरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरुलाइ केन्द्रीय उपाध्यक्ष तथा सुदूर पश्चिम प्रदेश इन्चार्ज गंगा राम गिरीले टिका र जमरा लगाएका हुन। उक्त कार्यक्रममा भीमदत्त नगरपालिका पुर्व प्रसासकिय प्रमुख नरेन्द्र भट्टलाइ प्राविधिक कारणले सामाजिक सुरक्षा भत्ता छुटेका जेष्ठ नागरिकलाई सहयोग पु¥र्याएको हुदा सम्मान गरिएको थियो।
