पाटीभित्रको अन्तरद्वन्द्व हटाउन सिस्नुपानीले काम गरेन : एमाले सचिव भट्ट

कञ्चनपुर : नेकपा एमालेका पाटी सचिव लेखराज भट्टले पाटीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन सिस्नुपानी दलेपनि उस्तै रहेको औल्याएका छन । शनिबार एमाले कञ्चनपुरको आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पाटी सचिव भट्टले पाटीभित्र नेता कार्यकर्ताहरुविच देखिएको अन्तरद्वन्द्व हटाउन सिस्नुपानी दलेपनि उस्तै रहेको औल्याएका हुन ।

‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको बैशाख १ गते धनगढीमा पाटी उपाध्यक्ष विष्णू पौडेल ज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ, ‘उनले भने, ‘उता हामी सिस्नुपानी दलेर एक आपसमा विष हटाउने काम ग¥यौँ, यतातिर पाटीलाई रणभूमि बनाईरहेका छौँ ।’ अझैपनि पाटीभित्र नयाँ पुराना नेता कार्यकर्ताविच विभेद देखिएका हटाउनुको विकल्प नभएको समेत औल्याएका छन ।

एमाले कर्णालीका इन्चार्ज समेत रहेका पाटी सचिव भट्टले दुर्गम प्रदेशका इन्चार्जलाई सुगम प्रदेशको जिल्लाले प्रमुख अतिथि बनाईदिनुभएको धन्यवाद प्रूकट गरेका छन । पुर्वमन्त्री समेत रहेका भट्टले उत्पादनका काममा जुट्न आब्हान गरेका छन । दशैँ, तिहार एव छठको अवसर पारेर आपसी तिक्तता हटाउन समेत आब्हान गरेका छन ।

ताजा समाचार