दुव्र्यसनी रोक्न बेलडाँडीमा सडक नाटक

केशव सिह थापा / कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टीले लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि कञ्चनपुरको बेलडाँडीमा सडक नाटक गरेको छ । शनिबार जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा लागु औषध दुव्र्यसन न्यूनीकरणका जनचेतनामूलक लागि सडक नाटक गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीले बेलडाँडीका विभिन्न स्थानमा जनचेतनामुलक सडक नाटक गरिएको बताए । रास्वपा सभापति धामीका अनुसार सिद्धचोक, बेलडाँडी बजार, झिलमिला, खैरिघाट सहितका स्थानमा गरिएको छ ।

दिनप्रतिदिन युवाहरु कुलतमा लिप्त हुने प्रविधि एका एक बढ्दै गएपछि यस क्षेत्रको अत्यन्तै जटिल समस्याका रुपमा रहेको लागु औषध दुव्र्यसन समस्याको न्यूनीकरण गर्ने उदेश्यले वडाका सार्वजनिक स्थल र चोकमा जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको बताए ।

ताजा समाचार