बेलडाँडीमा रामलिला शुरु

केशव थापा/कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा रामलिला महोत्सव शुरु भएको छ । शुक्रबारदेखि बेलडाँडी गाँउपालिका २ बसपार्क मैदानमा रामलिला महोत्सव श्रु भएको हो । बेलडाँडी रामलिला समितिको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन सुप प्रदेशका सदस्य एव संविधान सभा सदस्य दिवान सिह विष्टले उद्घाटन गरेका छन । विष्टको रामलिला महोत्सवको उद्घाटन गर्दै समाजिक सद्भाव, नैतिकताका पक्षमा रामलिला महोत्सव केन्द्रीतमा जोडदिए । कार्यक्रममा बिशिष्ठ अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले रामलिलाले समाज सुधारमा जोडदिए । बेलडाँडी रामलिला समितिका संयोजक कमान सिह विष्टले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताए ।

संयोजक विष्टका अनुुसार कलाकारदेखि मञ्च व्यवस्थापन आवश्यक सबै तयारी पुरा भएको छ । भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप महोत्सव आयोजना गरिएको बताउदै विष्टले पछिल्ला दिनहरुमा समाजमा विकृती बिङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उदेश्य रहेको बताए । संयोजक विष्टले ११ कार्तिकमा ग्रहण लाग्ने भएकाले एक दिन अघि नै महोत्सव आयोजना गरिएको बताए । बेलडाँडीमा पनि विगत लामो समयदेखि महोत्सव आयोजना गरिदै आएको छ ।

बेलडाँडी रामलिला समितिका महासचिव जय बहादुर कुँवरले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए । महासचिव कुँवरले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए । संस्कार संरक्षणका साथै मानिसलाई आर्दशवान बनाउनका लागि महोत्सव आयोजना गरिएको बताए । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले महोत्सवलाई भव्य सभ्य बनाउनका लागि पालिकाबाट आवश्यक सहयोग गरिएको बताए ।

ताजा समाचार