जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा अन्दाजी सात लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ । भीमदत्तनगरपालिकाको ४ बसपार्क र गोवरियाबाट भन्सार छली गरी ल्याई लु्काएर राखेको अवस्थामा अन्दाजी रु.७ लाख ३७ हजार ३ सय ५० बराबरको अवैध सामान बरामद गरेको हो । जसमा विभिन्न किसिमका लेडिज सुट, कुर्ति सेट, कोट कपडा, चिनी मिश्री गुड लगायतका समान फेला पारको हो ।

उक्त फेला पारेको समानलाई भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । पछिल्लो समयमा प्रहरीले अवैध सामान बरामद गर्न अभियान चलाएको छ । जसले गर्दा दैनिक जसो अवैध सामान पक्रने क्रम जारी छ भने व्यापारीहरु पनि अवैध सामान रोकिनु पर्नेमा जोड दिएका छन् ।

ताजा समाचार