बेलडाँडिमा भोलि लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि सडक नाटक

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा लागु औषध दुर्व्यसन न्यूनीकरणका जनचेतनामूलक लागि सडक नाटकको आयोजना गरिने भएको छ।

दिनप्रतिदिन युवाहरु कुलतमा लिप्त हुने प्रविधि एका एक बढ्दै गएपछि  यस क्षेत्रको अत्यन्तै जटिल समस्याका रुपमा रहेको लागु औषध दुर्व्यसन समस्याको न्यूनीकरण गर्ने उदेश्यले भोलि कार्तिक ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीको आयोजना  गाउँपालिकाका प्रत्येक वडाका सार्वजनिक स्थल / चोकमा जनचेतनामूलक सडक नाटक प्रदर्सन गर्ने कार्यतालिका रहेको बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी का सभापति तेज सिंह धामिले बताउनु भयो।

उनका अनुसार, बेलडाँडी गाउँपालिका वडा न.१ को सिद्धचोक मा बिहान ८-९ बजे, खैरीघाट चोक बेलडाँडी ३मा बिहान ९:३०-१०:३० बजे, बेलडाँडी गा.पा – ४ दिउँसो  १२- १ बजे,
बेलडाँडी ५ दिउँसो  १:३०- २:३० र चवन्नी बजार बेलडाँडी- २ मा दिउँसो ३- ४ बजे सडक नाटक गर्ने समय तालिका रहेको छ।सम्पुर्ण बेलडाँडी बासिमा उत्साहजनक सहभागिताको लागि समेत हार्दिक अपिल समेत गरेको छ।

जिल्लाकै दक्षिणी क्षेत्रमा खुला सिमानाको कारण युवाहरू लागु औषध दुर्व्यसनमा कलिलो उमेर मै ग्रसित हुने गरेका छन् । जसका कारण समाजमा चोरी डकैती , झैझगडा र बलात्कारका घटना दिनप्रतिदिन जताततै बढ्ने क्रम रहेको हुँदा यसको न्यूनीकरणका लागि तीन तहका सरकार र सम्बन्धित सरोकारवाला निकायको बेलैमा ध्यानाकर्षण हुनु आवश्यक रहेको बेलडाँडी बासिको माग समेत रहेको छ।

ताजा समाचार