बेदकोटमा आधुनिक ‘कोल्डस्टोर’ बन्दै, किसानलाई राहत


कञ्चनपुर : कञ्चनपुरको एक स्थानीय सरकारले आधुनिक चिस्यान केन्द्र(कोल्डस्टोर) निर्माण गर्न लागेको छ । किसान लक्षित गरेर बेदकोट नगरपालिकाले हरपाल गाँउमै आधुनिक कोल्डस्टोर निर्माण गर्न लागेको हो । कार्यालय सहित पार्किङ्ग, तरकारी एव फलफुलका पनि अलग अलग प्रकार अनुरुप छुट्टाछुट्टै चेम्बर निर्माण गरिएका छन ।

झण्डै १० करोड लागतमा निर्माण हुन लागेको कृषि बस्तुको भण्डारण गर्नका लागि नगरकै गौरबको कोल्डस्टोर योजना रहेको बेदकोट नगरपालिकाले जनाएको छ । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले स्थानीय एव जिल्लाका किसानले उत्पादन गरेको तरकारी एव फलफुल स्टोर गर्नका लागि आधुनिक कोल्ड स्टोर बनाउन लागेको बताए । मेयर बोहराका अनुसार पालिका सहितका प्रदेश र संघीय सरकारको लगानीमा कोल्ड स्टोर निर्माण हुन लागेको छ ।

‘यो हाम्रो नगरकै गौरबको योजना हो, यसमा किसानको भविष्य जोडिएको छ, ‘उनले भने, ‘तत्तकालिन अशोक चन्द मेयर सापकै पालादेखि शुरुवात गरियो, अब मेरै कार्यकालमा संचालन गर्छु ।’ मेयर बोहराले आगामी माघ मसान्त ०८३भित्रै निर्माण व्यवसायीले सम्पन्न गर्ने गर्ने सम्झौता भएकाले बाँकी काम पनि पुरा गरेर आगामी चैत्रभित्रै संचालन गर्ने बताए । बोहरा अनुसार १०कट्टा जमिन क्षेत्रफल रहेको कोल्ड स्टोरको भवन निर्माण कार्य समेत ८० प्रतिशत सम्पन्न भएको छ । ‘भौतिक सरचना निर्माण भईसकेका छन, ‘उनले भने, ‘अब तरकारी तथा फलफुलका च्याम्बरभित्र मेसिन जडान गर्न बाँकी छ, केही काम पर्खाल सहितका सरचना बनाउन मात्रै बाँकी छ ।’

आलु, प्याज, सहितका तरकारी एव फलफुल चिस्यानका लागि १५ हजार क्विन्टल क्षमताको उक्त कोल्ड स्टोर संचालनका लागि नगरपालिकाले कार्यबिधी बनाएरै संचालन गरिने मेयर बोहराको भनाई छ । मेयर बोहराले पश्चिम नेपालका थारु समुदायले उत्पादन गर्ने रैथानी आलुको सरक्षण प्रर्बद्धनदेखिका बजारमा आवश्यकता अनुरुप अफसिजनमा समेत तरकारी भण्डारणका लागि कोल्डस्टोर लाभदायक हुने बताए । उनले बेदकोट सहितका अन्य पालिकाहरुमा आलु उत्पादन राम्रो भएकाले समेत किसानलाई नगर तथा जिल्लामै तरकारी भण्डारका लागि सुविधा हुने बताए ।

‘स्वदेशमै तरकारी उत्पादन, भण्डारण तथा बिक्रि वितरण गर्नका लागि यो किसान, उपभोक्ताका लागि अत्यन्तै हितकार छ, ‘उनले भने, ‘भारतबाट आउने तरकारी समेत रोक्ने उदेश्य रहेको छ ।’ पाँच बर्षको अवधिमा कोल्ड स्टोर निर्माणका लागि विभिन्न निर्माण कम्पनी फर्मसंग सम्झौता गरिएको र सोही अनुरुप कामकाज भएको र बाँकी काम पनि हुन लागेको पूर्वाधार शाखाले जनाएको छ । पूर्वाधार शाखाको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७७/०७८ देखि निर्माण कार्य समेत विभिन्न कम्पनी गरेका छन ।कोल्डस्टोर निर्माण साईड इन्चार्ज समेत रहेका सव ईन्जिनियर दिनेश लामाले भौतिक सरचना निर्माण गरिसकेको बताउँदै उनले अब विद्युतीय सहितका मेसिन उपकरण जडान कार्य हुने बताए । नेचुरल–रिदम–चौधरी जेभीसँग ५ करोड ६८ लाख ५५ हजार ९ सय ९९ रुपैयाँमा ३०माघ ०८३मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

त्यस अघि जयलक्ष्मी सिसिएसभेजीले २करोड, २३लाख, ८ हजार, ५सय ७६, न्यू कालिका ४३लाख, श्री न्यू बासुलिङ्ग कस्ष्ट्रक्सनले ६६लाख, ३ हजार, ३सय ९३ र दिपक बोहरा संचालक रहेको निर्माण कम्पनीले ६३लाखमा भवन सहितका सरचना निर्माण गरिसकेको थियो । नगर प्रवक्ता चित्रदेव भट्टले कोल्डस्टोर संचालनमा आएसंगै स्थानीय किसान लाभाविन्त हुने बताए । उनले शित भण्डारणको अभावमा कृषि उपज कुहिएर नष्ट हुने समस्या हट्ने दावि गर्दै बेमौसमी तरकारीका लागि समेत राम्रो हुने बताए । बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश सिहले राजमार्गदेखि कोल्डस्टोरसम्म यातायात(सडक विस्तार) गरेरै भएपनि संचालन गरेर किसानलाई लाभाविन्त बनाउनुपर्नेमा जोडदिए । नगरकै कोल्डस्टोर निर्माण हुन थालेपछि स्थानीय किसान उत्साहित भएका छन । किसानलहरुले समयमै निर्माण कार्य सम्पन्न गरेर संचालन हुनुपर्ने माग अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img