कञ्चनपुर: जिल्लाको बेलडाँडीमा चतुर्दशी मेलाको आयोजना हुने भएकाे छ ।
बेल्डाँडी गाउँपालिका-५ झिल्मिला स्थित कालिका मन्दिर प्राङ्गणमा मेला शनिबार र आइतबार (११ र १२ गते) गरी दुई दिन आयाेजना गरीने आयोजक झिलमिला युवा समाजले जनाएको छ ।
आयोजकका अनुसार मेलामा प्रतिस्पर्धात्म्क “हाम्रो सस्कृति-हाम्रो पहिचान” देउडा प्रतियोगिता पनि हुनेछ । मेलाको मुख्य आकर्षण नै देउडा प्रतियोगिता रहेको बताइएको छ ।
महान चाड बडा दशैं तथा शुभ-दिपावलीको अवसर पारी लोक परम्परा,सांस्कृति,कला र पहिरनका लागि यही कार्तिक ११ गतेदेखि कार्यक्रम सञ्चालन गरिने झिलमिला युवा समाजका सचिव दिपेन्द्र रोकायाले जानकारी दिए ।
शनिबार दिउँसो २ बजे कार्यक्रम उद्घाटन गरिने र साझँ ५:३० देखि देउडा कार्यक्रम सञ्चालन गरिने छ । बेलडाँडी गाउँपालिका झिलमिलामा रहेको कालिका मन्दिरको मैदानमा देउडा कार्यक्रम सञ्चालन गर्ने गरि आवस्यक तयारी अन्तिम चरणमा पुगेकाे राेकायाले बताए ।