युवा कवि प्रचण्ड भाष्कर अस्थाए

कञ्चनपुर : युवा कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को निधन भएको छ । शुक्रबार बिहान २ः ४० मिनेटमा युवा कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को निधन भएको हो । विगत एक बर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित युवा कवि कलौनीको भीमदत्त नगरपालिका १७मझगाँउ निवासमै निधन भएको परिवारजनले जनाएको छ ।

युवा कवि प्रचण्ड भाष्करका आफन्त प्रकास कलौनीले निवासमै निधन भएको बताए । उनका अनुसार कलौनीको काठमाण्डौँ, दिल्ली सहितका अस्पतालमा उपचारार्थ थिए । छोटो समयमै डोट्याली र नेपाली भाषाबाट कविता बाचक कलौनी अस्थाएका छन ।

२९ बर्षिया कलौनी शिवनाथ गाँउपालिका २शर्माली घर भई हाल भीनपा १७मझगाँउमा बस्दै आएका थिए । ०५१सालमा जन्मिएका कलौनी माध्यामिक शिक्षा नागार्जुन माध्यामिक विद्यालय शर्मालीबाट सकेर उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए । उनको निधनले घरपरिवारमा बज्रपात मच्चिएको छ । आफन्त, ईष्टमित्र छरछिमेकी साथिभाई शोकाकुल भएका छन । केही बेरमा महाकाली नदीमा अन्त्येष्टी गरिने जनाईएको छ ।

ताजा समाचार