दोधारा चाँदनी क्षेत्रमा अझै सम्मको ठुलो धनरासी पुरुस्कार रहेको फुटवल प्रतियोगिता हुदै

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमै अझै सम्मको ठुलो धनरासी पुरुस्कार रहेको फुटवल प्रतियोगिता संचालन हुने भएको छ् । डिसीसीएको आयोजनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमै अझै सम्मको ठुलो धनरासी पुरुस्कार रहेको फुटवल प्रतियोगिता संचालन हुन लागेको दोधारा चाँदनी गोल्ड कप– २०८० फुटवल प्रतियोगिताका संयोजक रमेश चन्दले जानकारी दिएका छन् । साबिकको चाँदनी गाबिस कार्यालयमा रहेको खेलमैदानमा प्रतियोगिता संचालनको तयारी भईरहेको बताईएको छ् ।

‘फुटबल जगतको महाकुम्भ दोधारा चाँदनी गोल्ड कप– २०८० संचालन हुने खबर सम्पुर्ण खेल प्रेमीहरुमा अवगत नै छ् । तसर्थ संचालनका निमित्त आफ्नो टिम दर्ता गरि आउदो १४ गते समय ठिक १ बजे चाँदनी खेल मैदानमा टाई–सिट हुने भएकाले समयमा उपस्थितीका लागी जानकारी गरिन्छ्’ दोधारा चाँदनी गोल्ड कप– २०८० प्रतियोगिताका संयोजक रमेश चन्दले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ११ हजार १ सय ११ र द्धितिय हुने टिमलाई रु. ५१ हजार १ सय ११, शिल्ड तथा पुरुस्कार दिईने खेल संयोजक चन्दले बताएका छन् । टिम दर्ताको लागी मोवाईल नम्वर ९८१०७६५२६७, ९८०५७५५५७, ९८०८८०७३८६, ९८०६४१२७७४ र ९८०९४१७८०९१ मा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ् ।

ताजा समाचार